प्यूठानमा विप्लवका कार्यकर्ता पक्राउ

समाधान संवाददाता २०७६ असोज २९ गते १२:१९

समाधान संवाददाता, दाङ

सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रन्तबहादुर थापा पक्राउ परेका छन् ।

प्यूठान नगरपालिका वडा नं. ३ मान्द्रेचौर निवासी अन्दाजी ५० बर्षीय थापालाई बुधवार बिहान प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरेन्द्र कार्कीले पक्राउ परेका थापा विप्लवका राप्ती व्यूरो सदस्य रहेको भन्ने खुल्न आएको बताए ।

पक्राउ परेका थापा माथि अनुसन्धान पछि मात्रै थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया