बंगलादेशमा बलात्कारपछि छात्रालाई जिउँदै जलाउने १६ ले पाए मृत्युदण्ड

समाधान संवाददाता २०७६ कार्तिक ७ गते १५:०२

एजेन्सी, ढाका

१९ वर्षीय छात्रा नुस्रत हजान रफीलाई जिउँदै जलाउने १६ जनालाई गत सोमबार बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।

आफ्नै विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको भनी नुस्रतले गत मार्चको अन्तिममा प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसको ११ दिन पछि गत अप्रिल ६ मा उनलाई विद्यालयको कौसीमा लगेर बुर्का लगाएका ४/५ जनाले उजुरी फिर्ता लिन धम्क्याएका थिए ।

Advertisement

नुस्रतले उजुरी फिर्ता लिन नमानेपछि उनलाई जिउँदै जलाइएको थियो । उनको शरिरको ८० प्रतिशत भाग जलेको थियो । यद्यपी नुस्रतलाई जिउँदै उद्धार गरिएको थियो । हत्याराहरुले उक्त घटनालाई आत्महत्याको प्रयास गरेको भनी देखाउन खोजेका थिए । तर घटना पछि पनि उनले बयान दिइकी थिइन् ।

उक्त बयान नुस्रतका भाइले आफ्नो फोनमा रेकर्ड गरेका थिए । ‘प्रधानाध्यपकले मलाई छोएको थियो, म मेरो सास रहुञ्जेल यो अपराधको विरुद्ध लड्छु’ नुस्रतले बयानमा भनेकी छन् । 

Advertisement

उनले त्यस बयानमा केही आक्रमणकारीहरुको नाम समेत लिएकी थिइन् । बयान दिएको चार दिनपछि अप्रिल १० मा उनको मृत्यु भएको हो । यस घटनापछि बंगलादेशको विभिन्न क्षेत्रमा न्याय माग्दै आन्दोलन समेत भएको थियो ।

तपाईको प्रतिक्रिया