३ लाख नगदसहित १० जुवाडे पक्राउ

समाधान संवाददाता २०७६ कार्तिक १५ गते १३:५३

समाधान संवाददाता
पोखरा

वडा कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ३ लाख ५७ हजार ५ सय ५० रुपैयाँसहित १०जना जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा ८ आलुमाइला चोकभन्दा केही माथि धर्म श्रेष्ठको घरमा जुवा खेल्दै गरेका १० जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए । उनीहरुलाई बिहीबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

Advertisement

वडा प्रहरी कार्यालय बैदामले तिहारको समयमा मात्र ४१ जुवाडेलाई पक्राउ गरेको शाहको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया