लेकसाइडमा गरिमाको शाखा

समाधान संवाददाता २०७६ माघ ७ गते १२:४३

समाधान संवाददाता, पाेखरा

गरिमा विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा शाखा खोलेर सोमबारबाट कारोबार थालेको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले कार्यालय उद्घाटन गरे ।

बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रिय स्तरमै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गरिमाले पोखरा क्षेत्रको औद्योगिक, व्यावसायिक तथा पर्यटन क्षेत्रको विकासमा सदैव सहकार्य गर्दै आएको बताए । लेकसाइडमा शाखा स्थापनापश्चात यस क्षेत्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता उनले जनाए ।

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले व्यवसायको विस्तार सँगसँगै आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिँदै आएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै सामाजिक क्रियाकलापमा जिम्मेवारी वहन गर्दै आएको कारणले बैंक उत्कृष्ट संस्थाको रुपमा स्थापित हुन सफल भएको बताए ।

गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र ११ शाखासहित देशभर ९१ शाखा र ५१ एटिएम छन् । गरिमा रेमिटका करिब १० हजार एजेन्टमार्फत ग्राहकलाई यसले सेवा प्रदान गर्दै आएको छ । बैंकले हालसम्म ३७ अर्ब ६० करोड निक्षेप संकलन गरी ३३ अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया