कोरोना भाइरसबाट वुहानमा अमेरिकी नागरिको मृत्यु

समाधान संवाददाता २०७६ माघ २६ गते १६:०२

एजेन्सी

नोवेल कोरोना भाइरसको संक्रमणबाट हुबेई प्रान्तको राजधानी वुहानमा ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको छ। आइतबार बेइजिङमा रहेको अमेरिकी राजदूतावासले ती अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिएको हो।

नोवेल कोरोनाको संक्रमणबाट पहिलो गैर–चिनियाँको मृत्यु भएको रोयटर्सले जनाएको छ। यस भाइरसको संक्रमणबाट हालसम्म ८१३ जनाले ज्यान गुमाइसकेका छन्।

Advertisement

मृतकहरु धेरैजसो चीनको वुहान र वरिपरि शहरका रहेको बताइएको छ। चीन बाहिर फिलिपिन्समा पनि एक चिनियाँ नागरिकले ज्यान गुमाएसकेका छन्।

यो भाइरस अहिले २७ राष्ट्रमा फैलिसकेको छ भने फ्रान्समा रहेका पाँच बेलायती नागरिकमा पनि भेटिएको छ। विश्व स्वास्थ संगठनले यो भाइरसबाट मृत्यु हुनेको संख्या सन् २००२/०३को सार्स महामारीबाट भन्दा बढी भएको जनाएको छ। संगठनका अनुसार सार्सबाट ७७४ जनाले ज्यान गुमाएका थिए।

Advertisement

तपाईको प्रतिक्रिया