विप्लवका स्याङ्जा इन्चार्ज नेकपामा

समाधान संवाददाता २०७६ फागुन २ गते १३:०५

समाधान संवाददाता
गोरखा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्याङ्जा जिल्ला इन्चार्ज गोपाल पाण्डेले पार्टी परित्याग गरेका छन् । २४ औं जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गोरखामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा विप्लव समूह छोडेको घोषणा गर्दै नेकपा प्रवेश गरेका हुन् । उनलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी प्रवेश गराए ।

गण्डकी गाउँपालिका ४ फुजेल घर भएका पाण्डे विप्लव समूहमा केही समयअघि देखि गोरखा सेक्रेटरीको जिम्मेवारीमा थिए । वर्तमान अवस्थामा हरियारको राजनीति र क्रान्ति आवश्यकता नभएको भन्दै आफूले विप्लव समूह छोडेर कम्युनिस्ट मोर्चामा आएको पाण्डेले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया