कोरोनाविरुद्घ ५० शड्ढयासहितको सेवा

समाधान संवाददाता २०७६ फागुन ५ गते १५:०७

समाधान संवाददाता
पोखरा

आइएनएफ नेपालले स्वास्थ्य निर्देशनालयलाई कोरोनाविरुद्ध उपयोग गर्न १५ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) प्रदान गरेको छ । पिपिइमा एप्रोन, हेल्मेट, स्टिल बुट, सुरक्षा चस्मा, पन्जा, रेस्पिरेटर, मास्क लगायत सामग्री हुन्छन् ।

स्वास्थ्य निर्देशनालयद्वारा हरियोखर्क अस्पतालमा आयोजित प्रदेश स्तरीय प्रथम चौमासिक समीक्षा गोष्ठी समापनका अवसरमा आइएनएफ नेपालका प्रतिनिधि थोमस मियरले निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्मालाई पिपिइ सामग्री प्रदान गरेका हुन् ।

Advertisement

पिपिइ सामग्री ग्रहण गर्दै डा. शर्माले विगतदेखि नै निर्देशनालयका विभिन्न कार्यक्रममा समेत सहयोग पु¥याउँदै आएको उल्लेख गरे । आइएनएफ नेपाल प्रतिनिधि थोमसले आगामी दिनमा प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्न आफू तत्पर रहेको बताउँदै कोरोनाविरुद्ध जुध्न ५० शड्ढयाको आकस्मिक स्वास्थ्य शिविर हरियोखर्क अस्पताल परिसरमा स्थापना गर्न तथा पिपिइ लगायत सामग्री उपलब्ध गराउन सकिने सुनाए ।

गोष्ठी समापन समारोह सामाजिक विकास मन्त्री नरदेवीपुनले आइएनएफ नेपालसँगको सहकार्य आगामी दिनमा समेत कायम रहने अपेक्षा व्यक्त गरिन् । गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ सय जना सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया