शंकर टोलमा ४ सयको आँखा जाँच

समाधान संवाददाता २०७६ फागुन ८ गते १३:०६

समाधान संवाददाता, पोखरा

पोखरा १ शंकर टोलको पोखरा व्यावसायिक महिला क्लबले पर्वतको मोदी गाउँपालिका १ सेरावेसीमा आँखा शिविर गरेको छ । क्लबले जर्मनीका माइकल बाउर र बाडेन बाडेनको सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको हो ।

शिविरमा नवज्योति थम माध्यमिक विद्यालयका विद्यार्थीसँग स्थानीयको आँखा जाँच गरिएको क्लबकी उपाध्यक्ष एवं शुल्क आँखा शिविरसंयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् । शिविरमा ३ सय ८० जनाको आँखा परीक्षणसगै आवश्यक औषधी वितरण गरिएको छ ।

Advertisement

कार्यक्रममा क्लबकी सचिव इन्दु भट्टराई सदस्यहरु लक्ष्मी गुरुङ, कृष्णकुमारी गुरुङ र रजनी श्रेष्ठ, मोदी गाउँपालिका १ का अध्यक्ष भोगबहादुर, नवज्वोतिका प्रधानाध्यापक मीना गुरुङ, विद्यालय व्यवस्थापन सामिति अध्यक्ष नवीन पौडेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया