लेखापढीको महाधिवेशन स्थगित

समाधान संवाददाता २०७६ चैत २ गते १३:३३

समाधान संवाददाता, काठमाडौं

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको आठौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । चैत १४ बाट बुटबलमा सुरु हुने भनिएको महाधिवेशन कोरोना भाइरसको प्रभावका कारण स्थगित गरिएको एसोसिएसनले जनाएको छ ।

कोरोना भाइरसका कारण देशको अवस्था अनुकूल नभएकाले महाधिवेशन स्थगित गर्नु परेको केन्द्रीय अध्यक्ष सीताराम दाहालले बताए । कोरोनाको सम्भावित जोखिमबाट जोगिन सरकारले देशभर सभा, सम्मेलन लगायत नगर्न गरेको आह्वानलाई मनन् गर्दै महाधिवेशन स्थगित गरिएको दाहालले बताए । अध्यक्ष दाहालले देशको अनुकूल र एसोसिएसनको विधान अनुरुप छिटो भन्दा छिटो मिति तय गर्दै महाधिवेशन गरिने जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया