सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरुलाई काेराेना संक्रमितकाे उपचारकाे लागि खटाउने स्वाथ्य मन्त्रालयकाे निर्णय

समाधान संवाददाता २०७६ चैत ९ गते १६:२४

समाधान संवाददाता, काठमाडाैं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरुलाई कोरोनाभाइरस संक्रमणको उपचारमा खटाउने भएको छ।

आइतबार मन्त्रालयले सात वटै प्रदेशलाई उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको हो।

Advertisement

मन्त्रालयले प्रदेशहरुमा सरकारी छात्रवृत्तिमा अध्ययनपछि कार्यरत एमबिबिएस वा सो सरह शैक्षिक योग्यता भएका जनशक्तिलाई परिचालन गर्न निर्देशन दिएको छ।

त्यस्तै वरिष्ठ चिकित्सक एमडीहरूलाई समेत आवश्यकता अनुसार कोरोना रोकथाम र नियन्त्रणमा परिचालन गर्न भनिएको छ।

Advertisement

मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका एमडी र एमबिबिएस तहका विद्यार्थीहरुलाई पनि परिचालन गर्न निर्देशन दिएको हो।

तपाईको प्रतिक्रिया