ब्रिटेनका राजकुमार चाल्सलाई कसरी लाग्यो कोरोना ?

समाधान संवाददाता २०७६ चैत १२ गते १९:२९

एजेन्सीको सहयोगमा

ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएपछि बेलायतमा हडकम्प मच्चिएको छ । यति उच्च घरानाका व्यक्तीलाई कसरी भाइरस सर्यो भन्ने खोजी शुरु भएको छ ।

भाइरसबाट बृद्ध बृद्धा नै बढी जोखिमा पर्ने भएकाले राज परिवारलाई विशेष ध्यान दिइएको थियो । तर पनि ७१ बर्षीय राजकुमार चाल्र्सलाई कोरोना संक्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ।

Advertisement

राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको तर उनको स्वास्थ्या अवस्था चिन्ताजनक नभएको दरबारका प्रवक्ताले बताएका छन्।

राजकुमारलाई कोरोना पुष्टी भए पछि उनी भन्दा एक बर्ष जेठी उनकी पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भाइरस भएको देखिएन। उनलाई आसोलेशनमा राखिएको छ ।

Advertisement

चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ।

केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका मध्ये कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भवू नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ।

लण्डनमा कोरोना भाइरसको विगबिगी बढेपछि राजकुमारकी आमा महारानीले पनि केही समय अघि लण्डनको मुख्य दरबारबाट बसाई सराई गरेकी थिइन । ९३ बर्षीय महारानी भने संक्रमित छैनन् ।

तपाईको प्रतिक्रिया