स्पेनमा भयावह अवस्था तर अहिलेसम्म सबै नेपाली सुरक्षित

समाधान संवाददाता २०७६ चैत १२ गते १९:५५

समाधान संवाददाता (एजेन्सीको सहयोगमा)

युरोपेली देश स्पेनलाई कोराना भाइरसले तहस नहस बनाउदै लगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्यामा स्पेनले चिनलाई उछिनेको छ । बुधबार एकै दिन ७३८ जनाको मृत्यु भएपछि मृतकको संख्या ३४३४ नााघेको छ । यो संगै इटाली पछि स्पेन धेरै जनता गुमाउने देश बनेको छ । इटलीमा हालसम्ममा ६८२० को ज्यान गएको छ भने चिनमा ३२८७ को मृत्यु भएको छ ।

स्पेनमा झण्डै दश हजारको हाराहारीमा नेपाली बसोबास गर्दछन । नेपाली दूतावास म्याड्रिडका अनुसार हालसम्म कुनै पनि नेपालीलाई कोरोनाको संक्रमण भेटिएको छैन।

Advertisement

स्पेनमा संक्रमितको संख्या जसरी बढेको छ त्यो भन्दा बढी मृत्यु हुनेको संख्या संख्या बढेको छ । हिजो भन्दा आज संक्रमितको संख्या २० प्रतिशतले बढेको छ भने मृतकको संख्या २७ प्रतिशतले वृद्धि भएको छ। यो हालसम्मकै उच्च दर हो।

हालसम्म मुलुकभर ४७ हजार ६१० जनालाई कोराना संक्रमणको पुष्टि भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीन हजार १६६ जनाको आईसीयूमा उपाचार भइरहेको छ भने तीन हजार ७९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

Advertisement

स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो। कोरोनाका कारण म्याड्रिडमा मात्र १८२५ जनाले ज्यान गुमाइसकेका छन्। म्याड्रिडमा १४५९७ जनालाई कोरोनाको संक्रमण देखिएको छ। नेपाली राजदूताबास समेत रहेको म्याड्रिडमा झण्डै ६ सयको संख्यामा नेपालीहरु रहेको अनुमान छ। यी मध्ये कोही पनि संक्रमित छैनन ।

राजधानी म्याड्रिडपछि बढी प्रभावित क्षेत्र कातालोनिया हो । तीनदेखि चार हजारसम्म नेपालीहरु बसोबास गर्ने ठानिएको सो क्षेत्रमा पनि कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दो देखिन्छ।

पर्यटकीय शहर बार्सिलोना समेत रहेको कातोलोनिया क्षेत्रमा नौ हजार ९३७ जना संक्रमित भेटिएका छन्। यहाँ हालसम्म ५१६ जनाको मृत्यु भएको छ । नेपालीहरुको बसोबास रहेको पाइसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो । सो क्षेत्रमा तीन हजार २७१ जना संक्रमित भेटिएका छन् भने १५५ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया