मुस्ताङमा यार्सा टिप्न प्रतिवन्ध

समाधान संवाददाता २०७७ वैशाख ५ गते १५:१०



एसके थकाली, जोमसोम ।

हिमाली जिल्ला मुस्ताङका लेकमा चालु वर्ष यार्सा गुम्बा टिप्न रोक लगाईएको छ । प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालयको अध्यक्षता बिहीबार बसेको जिल्ला विपत व्यवस्थापन समितिको बैठकले यार्सा गुम्बा टिप्न रोक लगाउने निर्णय गरेको हो ।

Advertisement

जिल्लाको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउपालिकाका विभिन्न लेकहरुमा बैशाखा देखि असार मशान्त सम्म यार्सा गुम्बा टिप्ने सुरु हुन्छ । यार्सा संकलन गर्नेकार्य फुकुवा हुदा जिल्ला बाहिरका मानिसको आउजाउ बढ्ने भएकाले तत्कालका लागि यार्सा टिप्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रकास अर्यालले जानकारी दिए ।

विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस ( कोभिड–१९)को संक्रमण फैलिने जोखिम रहेको जनाउदै विपत व्यवस्थापन समितिले यार्सा टिप्न प्रतिबन्ध लगाएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ । हिमाली तथा उच्चपहाडी जिल्लाका उच्चलेकमा यार्सा गुम्बा पाईने गर्छ । मुस्ताङमा बर्सेनि यार्सा गुम्बा खोज्न रोल्पा ,रुकुम,गोर्खा ,धादिङ, बाग्लुङ र म्याग्दी जिल्लाका मानिसहरु आउने गर्छन् ।

Advertisement

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापको निगरानीमा रहेको उच्चलेकमा यार्सा संकलन गर्न स्थानीय संरक्षणक्षेत्र व्यवस्थापन समितिले पुर्जि फुकुवा गर्ने गर्छन् ।जिल्लाका फरक÷फरक लेकमा समितिले यार्सा संकलन गर्न आउनेहरुका प्रबेश शुल्क तोक्ने गर्छन् । यसपटक माहमारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण यार्सा संकलनकार्य प्रभावित भएको हो । यार्सा खरित्न व्यापारीहरु लेकमा पुग्ने गथ्र्ये ।

यार्सा गुम्बा विभिन्न जटिबुटी उत्पादन गर्न प्रयोग हुने गर्छ । मुस्ताङमा ५ सय थान पीपीई माग जिल्ला विपत् व्यवस्थान समिति मुस्ताङको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण गर्न प्रदेश स्वास्थ्य निर्देशनालयलाई अनुरोध गरेको छ । समितिले जिल्लामा विभिन्न क्षेत्र तथा विभिन्न देशबाट आएकाहरुको कोरोना परीक्षण गर्न द्रुत परीक्षण ( र्‍यापिड डाईगोनोस्टिक टेष्ट ) ५ सय थान किट माग गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य कार्यालय मार्फन प्रदेशमा किट माग भएको र किट उपलब्ध भएपछि स्थानीय तहको समन्वयमा चिकित्सक खटाई कोरोना परीक्षण गर्ने योजना रहेको प्रजिअ अर्यालले उल्लेख गरे ।

यस्तै समितिले बर्खायाम मौसम सुरु भएकाले बाढी पहिरो,नदि कटान लगायतका घटना हुनसक्ने भन्दै यसको रोकथाम गर्न यस्ता कार्यमा खटिएका कामदारलाई सामाजिक दुरी कायम गरी काम लगाउने निर्णय गरेको जनाईएको छ ।



तपाईको प्रतिक्रिया