मनाङमा छैन औषधी अभाव

काठमाडाैं
मनाङका सबै स्थानीय तहमा सरकारद्वारा उपलब्ध हुने ७० किसिमकै औषधी सञ्चित रहेको जनाइएको छ ।
मनाङ जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र चार वटै स्थानीय तहका स्वास्स्थ्य शाखामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी कार्यरत रहेको र नेपाल सरकारद्वारा प्रत्येक नागरिकलाई निःशुल्क उपलब्ध हुने ७० किसिमका औषधि चालु आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म पुग्ने गरी पर्याप्त मात्रामा भण्डार रहेको स्पष्ट पारिएको छ ।
ती पालिकामा सिटामोललगायत औषधि अभाव भन्ने आशयका समाचार कतिपय सञ्चारमाध्यममा प्रकाशन भएकामा आपत्ति जनाउँदै जिल्लाका स्थानीय तहले भ्रमित सूचनाका पक्षमा नलाग्न आग्रह गरेका हुन् । औषधिहरु उपचारका क्रममा उपलब्ध गराइँदै आएको पनि जनाइएको छ ।
मनाङका गाउँपालिकाका अध्यक्ष नासोँका चन्द्र घले, चामेका लोकेन्द्र घले, ङिस्याङका कान्छा घले र नार्पाभूमिका प्रशासकीय अधिकृत दीपेन्द्र पण्डितले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई औषधी अभाव भन्ने खालको सूचनाको खण्डनका लागि आग्रह गरेका थिए ।
सो पत्रका आधारमा मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले सबै पालिकाका अध्यक्ष एवं प्रतिनिधिका धारणा सार्वजनिक गर्नुभएको हो । रासस








जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया