कोरोनामुक्त भइन् अंशु, आजै डिस्चार्ज गरिने

समाधान संवाददाता २०७७ वैशाख १२ गते २१:२२

पोखरा

बागलुङकी कोरोना संक्रमित १९ वर्षीया अंशु सापकोटाको छैटौं रिपोर्ट पनि नेगेटिभ आएको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा आज गरिएको परीक्षण नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र पोखरेलले जानकारी दिए ।

उनलाई आजै डिस्चार्ज गरिने पोखरेलले बताए । ‘उहाँको आज गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । आधा घन्टाभित्र डिस्चार्ज गर्छौं,’ उनले भने । यसअघि बिहिबार गरिएको पाँचौं परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

Advertisement

उनी गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । नेपाल आएको ११ औं दिनमा उनलाई कोरोना पुष्टि भएको थियो । अंशुसँगै एउटै जहाजमा आाएकी बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेल उपचारपछि निको भएर घर फर्किसकेकी छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया