प्रदेश सांसद मल्लले गरे लकडाउन प्रभावितलाई सहयोग

समाधान संवाददाता २०७७ वैशाख १५ गते ११:१२

स्याङ्जा

कोरोनाको महामारीमा गण्डकी प्रदेश सदस्य भागवत प्रकाश मल्लले आफ्नो प्रदेश भित्रका चापाकोट नगरपालिका, गल्याङ नगरपालिका र कालिगण्डकी गाउँपालिकालाई खाद्यान्न सहयोग गरेका छन् ।

मल्लले चापाकोटलाई ७० हजार रुपैयाँ बराबरको सामान हस्तान्तरण गरेका हुन् । ती सामान कांग्रेस चापाकोट नगर समिति सभापति रामचन्द्र पंगेनीले मेयर शिव गिरीलाई हस्तान्तरण गरे । मल्लले २५ किलोका ४५ बोरा चामल, नुन, तेल र दाल प्रदान गरेका छन् ।

Advertisement

मल्लले गल्याङलाई ७९ हजार ५ सय ५० रुपैयाँ र कालिगण्डकीलाई ६२ हजार नौ सय ५० रुपैयाको खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

स्याङ्जा क्षेत्र नम्बर २ ख मा नेपाली कांग्रेसबाट विजयी सांसद मल्लले ३ वटै पालिककाको प्रकोप व्यवस्थापन राहत कोषमा विभिन्न खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।

Advertisement

मल्लले गल्याङ नगरपालिकामा खाद्यान्न अन्तर्गत २५ केजीका ४५ बोरा चामल, २ बोरा दाल, ३ प्याक तेल र १ बोरा नुन प्रदान गरेका हुन् ।

यस्तै मल्ल मार्फत् कालिगण्डकी गाउँपालिकामा चामल २५ केजीको ३५ बोरा, दाल २५ केजी, तेल २ प्याक, नुन १ बोरा प्रदान गरेका हुन् ।

तपाईको प्रतिक्रिया