लकडाउनमा सुत्केरीलाई पोषिला खानेकुरा वितरण

समाधान संवाददाता २०७७ वैशाख १५ गते १३:१०
un]Zj/, !% j}zfvM ;'Ts]/LnfO{ kf]li6s cfxf/ DofUbLsf] dflnsf ufpFkflnsfn] ufpFkflnsfsf ;'Ts]/L cfdfnfO{ k|bfg u/]sf] kf]li6s cfxf/ . Ps jif{ gs6]sf $)) ;'Ts]/LnfO{ Ps s|]6 c08f, Ps dfgf 3Lp / h'jfgf] sf];]nLsf] ?Kfdf ufpFkflnsfn] lbPsf] 5 . t:jL/ M w'|a;fu/ zdf{÷/f;;

म्याग्दी

कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन म्याग्दीको मालिका गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ ।

‘उपाध्यक्षसँग सुत्केरी भेटघाट’ कार्यक्रमअन्तर्गत पोषण सुधारका लागि २०७६ साउनयता सुत्केरी भएकालाई घ्यु, अण्डा, ज्वानो र मेथी उपलब्ध गराएको हो । सुत्केरीलाई शरीर न्यानो हुने, शक्ति बढ्ने र दूध आउने भएकाले ज्वानो र मेथीको झोल बनाएर खुवाउने गरिन्छ । “पोषण सुधारका लागि सुत्केरीलाई घ्यु र अण्डा लिएर भेट्न जाने कार्यक्रम बनाएका थियौँ”, उपाध्यक्ष खरमाया बिटालुले भन्नुभयो, “लकडाउनका कारण पोषिला खानेकुराको अभाव हुन सक्ने भएकाले वितरण गर्न थालेका छौँ ।”

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यु, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु¥याउन उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । मालिका–३ डाँडागाउँका २० सुत्केरीलाई आइतबार घ्यु र अण्डा वितरण गरेर कार्यक्रम शुरु गरिएको थियो । प्रतिव्यक्ति आधा लिटर घ्यु र एक क्रेट अण्डा उपलब्ध गराइने उपाध्यक्ष बिटालुले बताउनुभयो ।

Advertisement

विसं २०७७ असार मसान्तसम्म सुत्केरी हुनेले यो सुविधा पाउनेछन् । साउनदेखि असारसम्म सुत्केरी हुने ४०० जनाको अभिलेख तयार पारिएको छ । पहिलो चरणमा गर्भावस्थाको जोखिम न्यूनीकरण र पोषण सुधारका लागि ‘घरघरमा झण्डा, हातहातमा अण्डा’ अभियान सञ्चालन गरिएको थियो । गर्भवती पहिचान, आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिउन भन्ने उद्देश्यले घरमा हरियो रङ्गको झण्डा राखेर एक÷एक क्रेट अण्डा दिइएको छ । गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्श दिने गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तु कार्कीले बताउनुभयो ।

बच्चाको ७५ प्रतिशत मानसिक तथा वौद्धिक विकास गर्भमै हुन्छ । यसैगरी संस्थागत र सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन सुत्केरी हुन बर्थिङ सेन्टर जानेलाई प्रोत्साहन भत्ता र पालिका बाहिर जानुपर्ने अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । मालिका गाउँपालिकाको सातवटै वडामा सञ्चालन हुने यो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ । यस्तै अन्नपूर्ण गाउँपालिकाले लकडाउनबाट प्रभावित भएकालाई राहत वितरणका क्रममा चामल, दाल, नून, तेलसँगै अण्डासमेत उपलब्ध गराएको थियो । रासस

Advertisement

तपाईको प्रतिक्रिया