भाटभटेनीलाई कालाेबजारीमा कारवाही

काठमाडाैं
बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार भाटभटेनीसहित ४ पसललाई कारवाही गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई ३ लाख जरिवाना गरिएको छ ।
खरीद मूल्य प्रतिगोटा १ सय २० रहेकामा भाटभटेनीले २ सय २० लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आज नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि २ लाख जरिवाना गरिएको छ ।
भण्डारले आफूले नै महँगोमा सामान खरिद गरेको भने पनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई कारवाही गरिएको हो । त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई १ लाख र जिएन स्टोरलाई ५० हजार जरिवाना गरिएको छ ।
ती ४ पसललाई आज कारवाही गर्दा ६ लाख ५० हजार राजश्व संकलन भएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम उक्त जरिवाना गरिएको विभागले जनाएको छ । रासस







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया