कोरोनाका कारण विश्वभर २ लाख १७ हजार बढीको मृत्यु, अमेरिकामा सबैभन्दा धेरै

समाधान संवाददाता २०७७ वैशाख १७ गते ११:१५

समाधान संवाददाता

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण २ लाख १७ हजार ७८४ को ज्यान गइसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख ३८ हजारभन्दा धेरै छ । यो बुधबार बिहानसम्मको तथ्यांक हो ।

कोरोनाले सबैभन्दा धेरै अमेरिकामा ५९ हजार २४६ को ज्यान गएको छ ।अमेरिकामा १० लाख ३५ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ ।

Advertisement

हाल अमेरिकामा ८ लाख ३४ हजारभन्दा माथि कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १५ हजारको अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकमा हाल ८ लाखभन्दा धेरै कोरोना संक्रमित रहे पनि यो संख्या चाँडै शून्यमा झार्ने बताएका बीबीसीले जनाएको छ ।

Advertisement

नेपालमा भने अहिलेसम्म ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १६ जना घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया