७ वर्षे बालकसहित थप ३ जनामा संक्रमण

समाधान संवाददाता २०७७ जेठ १ गते २१:२२

पाेखरा

कोभिड–१९ को संक्रमण बिहीबार थप ३ जना जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा नयाँ ३ जनामा संक्रममण देखिएको बताए ।

संक्रमितहरुमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषाको जनकपुर उपमहानगरपालिका निवासी १७ वर्षीया महिला र धादिङ निवासी ३० वर्षीया महिला छन् ।

योसँगै संक्रमितको संख्या २ सय ४९ पुगेको छ । यसअघि बिहान २ जनामा संक्रमण देखिएको थियो । बिहीबार मात्र ५ जना नयाँ संक्रमित भेटिएका हुन् ।

Advertisement

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै संक्रमित व्यक्तिको अवस्था सामान्य रहेको र तीनै जना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया