बेलायतमा ६३ नेपालीले कोरोनाबाट ज्यान गुमाए

समाधान संवाददाता २०७७ जेठ ३ गते १७:३५

लण्डन, ३ जेठ (रासस)

कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना संकलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या ११ छ । गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको संख्या ६० पुगेको बताएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया