प्रदेश १ मा थपिए ३ संक्रमित, मुलुकभर २ सय ९४
समाधान संवाददाता
२०७७ जेठ ४ गते २०:०१

पाेखरा
प्रदेश १ मा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । थपिनेमा २ मोरङ र १ जना धनकुटाका छन् ।
मोरङको विराटनगरकी १ महिला र एक पुरुष साथै धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना पुष्टि भएको हाे ।
प्रदेश १ मा कोरोना भाइरस पुष्टि भएकाको जम्मा संख्या ३९ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएकाे छ ।
यसअघि उदयपुर, झापा, भोजपुर र मोरङमा कोरोना संक्रमित देखिएका थिए भने आइतबार नयाँ जिल्ला धनकुटा पनि थपिएको छ ।
नेपालभर भने कोरोना संक्रमितको संख्या २ सय ९४ पुगेको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना डिस्चार्ज भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया