गण्डकी सरकारले शिक्षण अस्पताल चलाउने

समाधान संवाददाता २०७७ जेठ ५ गते ६:५०

भरत काेइराला, पाेखरा

गण्डकी सरकारले गण्डकी विश्वविद्यालय मातहत शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । यसबारेमा विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङसहितसँग आफूले छलफल गरेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । त्यसका लागि २ वटा ठाउँ उपयुक्त देखिएको उनले आइतबार साँझ फेसबुक लाइभमार्फत जानकारी दिए ।


विश्वविद्यालय गठनको कानुन यही वर्ष बनाएर कुलपतिसमेत नियुक्ति गर्दासम्म गण्डकी सरकारले विश्वविद्यालयको विषय यकीन थिएन । तर कोरोना भाइरसले महामारी लिएपछि भने विश्वविद्यालयले मेडिकल साइन्सेज कलेज सञ्चालनका लागि गृहकार्य थालेको हो ।

Advertisement

सबै जिल्ला अस्पतालाई गाडी

गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई गाडी उपलब्ध गराउने भएको छ । आइतबार बसेको प्रदेश मन्त्री परिषद बैठकले देशका सबै जिल्ला अस्पतालहरुलाई १÷१ वटा गाडी खरिद गर्न बजेट उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

Advertisement

भिन्न शीर्षकको बजेट रकमान्तर गरे अस्पतालहरुलाई नै रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले बताए । खरिद प्रक्रिया सम्बन्धित अस्पतालले नै गर्ने छन् ।

शुक्लागण्डकी र त्रिवेणीमा विद्युतीय शवदाह गृह

गण्डकी सरकारले तनहुँको शुक्लागण्डकी र नवलपुरको त्रिवेणीमा विद्युतीय शवदाहगृह बनाउने भएको छ । शवदाह गृहका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छुटका लागि संघ सरकारलाई सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय गरेको छ ।
बजेटले शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने, मुर्झाएको पर्यटनलाई ब्युँझाउने लगायत विषयमा आफू र अर्थमन्त्री किरण गुरुङले सांसदहरुसँग आइतबारै छलफल गरेको पनि मुख्यमन्त्री गुरुङले सुनाए ।

तपाईको प्रतिक्रिया