काेराेनाले विश्वभर ३ लाख १८ हजारकाे मृत्यु

समाधान संवाददाता २०७७ जेठ ६ गते ६:३४

पाेखरा

विश्वभर कोरोनाले ३ लाख १८ हजार २ सय १३ जनाको मृत्यु भएकाे छ । अमेरिकामा सवैभन्दा बढी अर्थात् ९० हजार ३ सय ९ जनाकाे मृत्यु भएकाे छ।

त्यस्तै, बेलायतमा ३४ हजार ८ सय ७६, इटालीमा ३२ हजार ७, फ्रान्समा २८ हजार २ सय ४२ को मृत्यु भइसकेको छ।

Advertisement

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या ४७ लाख ९५ हजार ९ सय ४१ पुगेको छ। अमेरिकामा सर्वाधिक १५ लाख ६ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुसमा २ लाख ९० हजार ६ सय ७८, ब्राजिलमा २ लाख ५४ हजार २ सय २०, बेलायतमा २ लाख ४७ हजार ७ सय ९, स्पेनमा २ लाख ३१ हजार ६ सय ६, इटालीमा २ लाख २५ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

विश्वभर १७ लाख ८४ हजार ६ सय ५३ संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ।

त्यहाँ २ लाख ८३ हजार १ सय ७८, जर्मनीमा १ लाख ५५ हजार ४१, स्पेनमा १ लाख ५० हजार ३ सय ७६ जना अहिले संक्रमणमुक्त भएका छन्।

तपाईको प्रतिक्रिया