नेपालमा थपिए १० संक्रमित, संक्रमितकाे संख्या ४ सय ५४
समाधान संवाददाता
२०७७ जेठ ८ गते १६:३७
पाेखरा
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ५४ पुगेको छ।
दाङमा थप एक जना पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएकाे छख। बिहीबार गरिएको पिसिआर परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३७ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो।
प्रतिष्ठानका कायममुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीका १ जना पुरुष र झापाका ८ जना पुरुषमा बिहीबार संक्रमण पुष्टि भएको छ ।
संक्रमणबाट अहिलेसम्म ३ जनाको निधन भइसकेको छ भने ४९ जना डिस्चार्ज भइसकेका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया