आरडिटी पोजेटिभ देखिएकाे स्याङ्जाका युवककाे पिसिआर नेगेटिभ

समाधान संवाददाता २०७७ जेठ १० गते १६:०५

स्याङ्जा

जिल्लामा भारतबाट आएकाको कोरोना परीक्षण गरिएको गरिएको छ । बिहीबार भारतबाट आएका गल्याङ नगरपालिकाका एक व्यक्तिको कोरोना परीक्षण पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

गण्डकी प्रदेश र ५ नं प्रदेशको सिमाना राम्दीमा गरिएको परीक्षणमा आरडिटी पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पोखरा पठाइएकामा गल्याङ नगरपालिकाका युवाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले गल्याङबाट पठाइएको पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ आाएको र कालीगण्डकी गाउँपालिकामा शुक्रबार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएका एक व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब लिने तयारी भइरहेको बताए ।

भारतबाट आएका कालीगण्डकी गाउँपालिका एक व्याक्तिको आरडीटी दुई पटक परीक्षण गर्दा एक पटक पोजेटिभ र अर्कोपटक नेगेटिभ गरी दुईथरि नतिजा आएपछि पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनको तयारी गरिएको हो ।

Advertisement

भारतबाट आएकालाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा राखिएको छ । जिल्लामा अहिले १६१ जना क्वारेन्टिनमा रहेका छन् भने तीनजना होमक्वारेन्टिनमा रहेका छन् । रासस

तपाईको प्रतिक्रिया