आरडिटी पोजेटिभ देखिएकाे स्याङ्जाका युवककाे पिसिआर नेगेटिभ

स्याङ्जा
जिल्लामा भारतबाट आएकाको कोरोना परीक्षण गरिएको गरिएको छ । बिहीबार भारतबाट आएका गल्याङ नगरपालिकाका एक व्यक्तिको कोरोना परीक्षण पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
गण्डकी प्रदेश र ५ नं प्रदेशको सिमाना राम्दीमा गरिएको परीक्षणमा आरडिटी पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पोखरा पठाइएकामा गल्याङ नगरपालिकाका युवाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले गल्याङबाट पठाइएको पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ आाएको र कालीगण्डकी गाउँपालिकामा शुक्रबार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएका एक व्यक्तिको पीसीआर परीक्षणका लागि स्वाब लिने तयारी भइरहेको बताए ।
भारतबाट आएका कालीगण्डकी गाउँपालिका एक व्याक्तिको आरडीटी दुई पटक परीक्षण गर्दा एक पटक पोजेटिभ र अर्कोपटक नेगेटिभ गरी दुईथरि नतिजा आएपछि पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनको तयारी गरिएको हो ।
भारतबाट आएकालाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा राखिएको छ । जिल्लामा अहिले १६१ जना क्वारेन्टिनमा रहेका छन् भने तीनजना होमक्वारेन्टिनमा रहेका छन् । रासस







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया