अस्पतालबाट भागेका कोरोना संक्रमित अझै फेला परेनन्

समाधान संवाददाता २०७७ जेठ ११ गते १६:२९

समाधान संवाददाता, पोखरा

आइतबार विहानै जनकपुरको अस्पतालबाट भागेका कोरोना संक्रमित पुरुष अझै फेला परेका छैनन् । उनको खोजीमा प्रहरी खटिए पनि अहिलेसम्म फेला नपरेको धनुषाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

मानसिक सन्तुलन ठिक नभएका ती ४५ बर्षे पुरुष यसअघि स्वाब संकलन गरेपछि पनि भागेका थिए । पिसिआर रिपोटर्् पोजेटिभ आएपछि स्थानीयको सहयोगमा प्रहरीले उनलाई जनकपुर स्थित जनकपुरधाम प्रादेशिक अस्पतालमा आइसोलेशनमा राखिएको थियो ।

Advertisement

सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलका उनलाई बैशाख ३१ मा घरबाट आइसोलेसनमा ल्याइएको थियो ।

‘प्रादेशिक अस्पतालमा राखेर स्वाब संकलन गरेलगत्तै उनी फरार भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताएका छन । प्रादेशिक अस्पतालमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर पछि काठमाण्उडुमा परिक्षण गर्दा संक्रमित भएको पुष्टी भयो ।

Advertisement

फरार कोरोना संक्रमितको खोजी कार्य जारी रहेको प्रजिअ निरौलाले बताएका छन् ।

तपाईको प्रतिक्रिया