अस्पतालबाट भागेका कोरोना संक्रमित अझै फेला परेनन्

समाधान संवाददाता, पोखरा
आइतबार विहानै जनकपुरको अस्पतालबाट भागेका कोरोना संक्रमित पुरुष अझै फेला परेका छैनन् । उनको खोजीमा प्रहरी खटिए पनि अहिलेसम्म फेला नपरेको धनुषाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
मानसिक सन्तुलन ठिक नभएका ती ४५ बर्षे पुरुष यसअघि स्वाब संकलन गरेपछि पनि भागेका थिए । पिसिआर रिपोटर्् पोजेटिभ आएपछि स्थानीयको सहयोगमा प्रहरीले उनलाई जनकपुर स्थित जनकपुरधाम प्रादेशिक अस्पतालमा आइसोलेशनमा राखिएको थियो ।
सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलका उनलाई बैशाख ३१ मा घरबाट आइसोलेसनमा ल्याइएको थियो ।
‘प्रादेशिक अस्पतालमा राखेर स्वाब संकलन गरेलगत्तै उनी फरार भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताएका छन । प्रादेशिक अस्पतालमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर पछि काठमाण्उडुमा परिक्षण गर्दा संक्रमित भएको पुष्टी भयो ।
फरार कोरोना संक्रमितको खोजी कार्य जारी रहेको प्रजिअ निरौलाले बताएका छन् ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया