स्याङ्जा किचनासका थापाको कोरियामै अन्त्येष्टि

सउल, १२ जेठ (रासस
स्याङ्जा किचनासका खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ ।
लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ शवदाहगृहमा विद्युतीय माध्यमद्वारा अन्त्येष्टि गरिएको हो ।
उनी गत वैशाख ३० गते सुतेकै अवस्थामा मृत भेटिएका थिए । अनुमति रोजगारी प्रणालीमार्फत रोजगारीका सिलसिलामा ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत थापा दोस्रो कार्यकालका लागि कोरिया आएका थिए । उनका परिवारमा आमा र दुई दाजु छन् ।
थापाको कम्पनीमा उनीसहित पाँच नेपाली र तीन चिनियाँ विदेशी कामदारका रुपमा कार्यरत थिए । अहिलेको कोरोनाका कारण विषम परिस्थितिमा उनको शव नेपाल ल्याउन असम्भव देखिएपछि परिवारको सहमतिमा कोरियामा नै अन्तिम दाहसंस्कार गरिएको नेपाल मगर संघ कोरियाका अध्यक्ष सिपी मगरले बताए ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया