गुजरातबाट आएका थिए स्याङ्जाली संक्रमित, आउनासाथ क्वारेन्टिनमा
समाधान संवाददाता
२०७७ जेठ १३ गते १५:२८
समाधान संवाददाता
स्याङ्जा जिल्लाको वालिङमा कोरोना भाइरस पुष्टी भएका दुवै जना भारतको गुजरात राज्यबाट नेपाल आएका व्यक्ती भएको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने सिमानामा अलपत्र परेकाहरुलाई स्वदेश फर्कन दिने क्रममा उनीहरु पनि नेपाल प्रवेश गरेका थिए ।
ती दुवै जना कोरोना संक्रमित भएको पुष्टी भए पनि सुखद पक्ष भने उनीहरु कुनै पनि समाजिक सम्पर्कमा पुगेका छैनन् । ती उच्च प्रहरी अधिकारीले बताए अनुसार उनीहरु स्याङ्जा आउना साथ क्वारेन्टिनमा बसेका थिए । भारतबाट प्रवेश गरेका सबैको स्वाव परिक्षण गर्ने क्रममा उनीहरुको पनि गरिएको र भाइरस संक्रमण पुष्टी भएको श्रोत बतायो ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले अहिलेसम्म आधिकारिक पुष्टी गरेको छैन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया