सूचना लुकाएर शर्मा स्याङ्जातिर

समाधान संवाददाता २०७७ जेठ १३ गते २०:१७

समाधान संवाददाता

मंगलबार दिउँसो पोखरा सभागृहमा गण्डकी प्रदेश सभाकाे बैठक चलिरहेको थियो । सांसदहरुले पालैपालो आफ्नो धारणा राखिरहेका थिए । बोल्ने क्रममा सांसद भागवतप्रकाश मल्ल र मोहनप्रसाद रेग्मीले स्याङ्जामा २ जनामा कोरोना देखिएको बताए ।

उनीहरुले संसदमा बोलेपछि स्याङ्जामा कोरोना संक्रमित भेटिएका खबर बाहिर आयो । मध्यरातमा नै कोरोना पुष्टि हुँदा सामाजिक विकास मन्त्रालय र निर्देशनालय दुवैले रिपोर्ट गुपचुप राखे ।

Advertisement

कोरोना प्रयोगशालामा खटिएकाहरुले राति १ बजे परीक्षणको नतिजा प्रदेश प्रयोगशालालाई जानकारी गराएका थिए ।

Advertisement

कोरोना पोजेटिभ देखिएकोबारे मंगलबार बिहानै जानकार भएपनि निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्मा सामाजिक विकास मन्त्रालयका अन्य दुई अधिकारीसँगै बिहानै स्याङ्जा पुगे । सामाजिक विकास मन्त्रालयका डा. रामबहादुर केसी र शम्भु ज्ञवाली निर्देशक शर्मासँगै त्यहाँको अवस्था बुझ्न स्याङ्जा गएका हुन् ।

सांसदले कोरोना देखिएको जानकारी दिएपछि थप पुष्टि गरिरहँदा उनले पोजेटिभनेगेटिभ केही जानकारी नगराइ फेसबुक लाइभ पर्खन सुझाए ।
तर त्यस अघि नै जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाकाे फेसबुक पेजमा वालिङमा पाेजेटिभ देखिएका २ जनालाई स्याङ्जा ल्याउन तयारी भएकाे खबर पाेस्ट भइसकेकाे थियाे । बिरामीलाई स्याङ्जा ल्याएपछिकाे जानकारी पनि उक्त पेजबाट गराइएकाे थियाे

निर्देशक शर्मा हरेक दिन ३ बजे फेसबुक लाइभ आउने गरेका छन् । कोरोना परीक्षण र दैनिक गतिविधि जानकारी गराउँछन् । मन्त्रालयको फेसबुक पेजमा देशका अन्य विभिन्न भागमा कोरोना पुष्टि भए तत्काल अपडेट गरिन्छ ।

तर गण्डकीमै कोरोना देखिँदा निर्देशक शर्माको फेसबुक लाइभ अगावै केही अपडेट गरिएको थिएन । संक्रमित भएको ठाउँको वस्तुस्थिति बुझ्न आफूहरु स्याङजा पुगेको निर्देशक शर्माले बताए । ‘रिपोर्ट राति आएको हो । त्यसपछि त्यहाँको वस्तु स्थिति बुझ्न स्याङजा गएका हौं । हामी त्यहाँ गएपछि दिउँसो मात्र कोरोना पुष्टि भयो,’ उनले भने ।

कोरोना पुष्टि भए पनि सार्वजनिक किन गरिएन भन्ने प्रश्नमा मन्त्रालयका डा केसीले भने, ‘सुरुमा सबै व्यवस्थापन गरौं भनेर रिपोर्ट सार्वजनिक नगरिएको हो ।’

तपाईको प्रतिक्रिया