बागलुङमा थपिए ६ जना कोरोना भाइरस संक्रमित

समाधान संवाददाता
गण्डकी प्रदेशको बागलुङ जिल्लामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
विदेशबाट आएर क्वारेन्टिनमा बसेका ६ जनाका कोरोन भाइरस पुष्टि भएको हो । यद्यपि सरकारी निकायले अहिलेसम्म आधिकारिक रुपमा घोषणा गरिसकेको छैन ।
बागलुङका प्रमुख जिल्ला अधिकारी गाैलाेचन सैंजूले भने पुष्टि गरेका छन् । उनीहरु बडिगाड र तमानखोलाका बसिन्दा रहेकाे सबै जना भारतबाट आएकाे उनले बताएका छन् ।
संक्रमितहरूलाई बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइँदैछ।
उनीहरू भारतबाट आउनेबित्तिकै सम्बन्धित पालिकाहरूको क्वारेन्टिनमा बसेका थिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ९० पुगेको छ।
बुधबार बिहानै हेटौंडाकी २५ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको हो। उनी गत जेठ ९ गते चितवनबाट हेटौंडा पुगेकी थिइन्।
यसअघि पनि बाग्लुङमै २ जनामा कोरोना संक्रमण भएको थियो । दुवै जना सन्चो भएर घर गैसकेका छन् ।
तपाईको प्रतिक्रिया