संक्रमण रफ्तारमा, गण्डकीका १३ सहित देशभर ८८६ संक्रमित

समाधान संवाददाता
गण्डकी प्रदेशमा संक्रमितको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बुधबार बागलुङ तमानखोला गाउँपालिकामा ४ र बडिगाड गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको बताए ।
प्रदेशमा पहिलोपटक बागलुङमै संक्रमित भेटिएका थिए । २ जना निको भएर घर फर्किइसकेका छन् । अन्यको उपचार भइरहेको उनले बताए । मन्त्रालयको पछिल्लो अपडेट अनुसार देशभर संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।
प्रदेश १ को ७ जिल्लामा १ सय ३, प्रदेश २ को ८ जिल्लामा ३ सय २४, बागमती प्रदेशको ११ जिल्लामा ३९, गण्डकी प्रदेशको ४ जिल्लामा १३, प्रदेश ५ को ९ जिल्लामा ३ सय ६५, कर्णाली प्रदेशको ३ जिल्लामा २५, सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा १७ जना गरी ८ सय ८६ जनामा संक्रमण देखिएको हो ।
संक्रमितमध्य १ सय ८३ जना निको भइसकेका छन् । ४ को मृत्यु भएको छ । बुधबार मात्र १ सय १४ जना संक्रमित पुष्टि भएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको हो । रुकुम पूर्वमा भने पहिलो पटक संक्रमण पुष्टि भएको छ । बुधबार ३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाले प्रेस बिफ्रिङमार्फत जानकारी दिए ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया