संक्रमण रफ्तारमा, गण्डकीका १३ सहित देशभर ८८६ संक्रमित

समाधान संवाददाता २०७७ जेठ १४ गते १६:५०

समाधान संवाददाता

गण्डकी प्रदेशमा संक्रमितको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बुधबार बागलुङ तमानखोला गाउँपालिकामा ४ र बडिगाड गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको बताए ।

प्रदेशमा पहिलोपटक बागलुङमै संक्रमित भेटिएका थिए । २ जना निको भएर घर फर्किइसकेका छन् । अन्यको उपचार भइरहेको उनले बताए । मन्त्रालयको पछिल्लो अपडेट अनुसार देशभर संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।

Advertisement

प्रदेश १ को ७ जिल्लामा १ सय ३, प्रदेश २ को ८ जिल्लामा ३ सय २४, बागमती प्रदेशको ११ जिल्लामा ३९, गण्डकी प्रदेशको ४ जिल्लामा १३, प्रदेश ५ को ९ जिल्लामा ३ सय ६५, कर्णाली प्रदेशको ३ जिल्लामा २५, सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा १७ जना गरी ८ सय ८६ जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्य १ सय ८३ जना निको भइसकेका छन् । ४ को मृत्यु भएको छ । बुधबार मात्र १ सय १४ जना संक्रमित पुष्टि भएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको हो । रुकुम पूर्वमा भने पहिलो पटक संक्रमण पुष्टि भएको छ । बुधबार ३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाले प्रेस बिफ्रिङमार्फत जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया