म्याग्दीका संक्रमितसँगै आएका पोखराका २ जना सम्पर्कविहीन, लमजुङ र गोरखाका पनि भेटिएनन्

समाधान संवाददाता
म्याग्दीका कोरोना संक्रमितसँग एउटै बसमा आएका ६ जना सम्पर्कविहीन भएका छन् । जेठ ९ गते भैरहवाको नमुना माविबाट क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर आएको बसमा सवार २३ जनामध्ये ६ जना हराएका हुन् ।
संक्रमितसँगै आएका ६ जना हराएपछि स्वास्थ्य निर्देशनालय गण्डकीले खोजी थालेको छ ।
तीमध्ये २ जना पोखराको पुरानो बसपार्कमा ओर्लिएका छन् भने लमजुङका ३ जना डुम्रेमा र गोरखाका १ जना आँबुखैरेनीमा ओर्लिएको निर्देशनालयले जनाएको छ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका ३० वर्षीय पुरुषमा जेठ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

६ जिल्लाका २४ जनामा संक्रमण
गण्डकी प्रदेशका ६ जिल्लामा कोरोना संक्रमण भेटिएको छ । आइतबार मध्यान्ह १२ बजेसम्म प्रदेशभरका ११ मध्ये ६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकी प्रदेशको बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङका गरी अहिलेसम्म २४ जनामा कोरोना पुष्ट भएको छ ।
स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार बागलुङमा सबैभन्दा धेरै ८ जनामा कोरोना देखिएको छ । तीमध्ये २ जना घर फर्किसकेका छन् । बागलुङपछि स्याङजामा ७ जनामा कोरोना संक्रमण भेटिएको छ । तीमध्ये ५ जना वालिङ र २ जना गल्याङका हुन् ।
स्याङजाकी एक जना महिला संक्रमितको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । त्यसबाहेक नवलपुरका ६, लमजुङका १, म्याग्दीका १ र तनहुँका १ जनामा कोरोना पुष्टि भएको छ । तनहुँमा भने आज पहिलोपटक एक जनामा कोरोना देखिएको हो ।
तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय पुरुषमा आज बिहान कोरोना पुष्टि भएको हे । अहिलेसम्म भेटिएका संक्रमितमध्ये नवलपुरका ६ जनाको भरतपुर अस्पताल, लमजुङका १ जनाको जनस्वास्थ्य प्रयोगशाला टेकु र बाँकी १७ जनाको पोखरास्थित कोरोना परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया