सुर्खेत, सल्यान र अछाममा २९ जन संक्रमित थपिए

समाधान संवाददाता २०७७ जेठ २० गते १४:२२

समाधान संवाददाता

कर्णाली प्रदेशको तीन जिल्ला सुर्खेत, सल्यान र अछाममा २९ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

२९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९–९ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

वीरेन्द्रनगर नगरपालिका(१ का १७ देखि ५० वर्षसम्मका ८ जना, वडानम्बर ३ का १४ देखि ३३ वर्षसम्मका ३ जना रहेका छन् ।

Advertisement

सल्यानको दार्मा गाउँपालिका(१ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर २ का ३६ र ४८ वर्षका दुई पुरुष, वडानम्बर ३ का ३५ र ३९ वर्षका पुरुष, वडानम्बर ४ का ३८, ४० र ५० वर्षका ४ जना पुरुष रहेका छन् ।

यस्तै अछामको मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका ४ का २२, २४, २७,२९, ३५ र ४० वर्षका ६ पुरुष, २७ र ३० वर्षका महिलामा कोरोना पुष्टि भएको छ ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६२ पुगेको छ ।

तपाईको प्रतिक्रिया