वरिष्ठ अधिवक्ता निर्मल कार्की सिकिस्त, हेलिकाेप्टरबाट काठमाडाैं लगियाे
समाधान संवाददाता
२०७७ जेठ २० गते १७:३६

पाेखरा
वरिष्ठ अधिवक्ता निर्मलकुमार कार्की बिरामी परेका छन् । पृथ्वीनारायण बहुमुखी क्याम्पस पाेखराका कानुन संकाय प्रमुख समेत रहेका उनकाे पाेखरामा उपचार सम्भव नभएपछि हेलिकाेप्टरबाट काठमाडाैं लगिएकाे छ ।
उनकाे शरीरमा साेडियमकाे मात्रा निकै कम भएपछि बिहान गण्डकी मेडिकल कलेजमा लगिएकाे थियाे । अवस्था बिग्रदै गएपछि उनलाई हेलिकाेप्टरबाट ह्याम्स हस्पिटल लगिएकाे हाे ।

उच्च अदालत बार पाेखराका अध्यक्ष राेहितराज बास्ताेला र अधिवक्ता चिनु रानाभाट उनलाई काठमाडाै पुर्याएर फर्केका छन् । अध्यक्ष बास्ताेलाले वरिष्ठ अधिवक्ता कार्की अहिले खतरामुक्त रहेकाे बताए ।
यसैबीच उच्च अदालत बार एसाेसिएसन पाेखराले वरिष्ठ अधिवक्ता कार्कीकाे शीघ्र स्वास्थ्यलाभकाे कामना गरेको छ । ।
तस्बिर : राेहितराज बास्ताेलाकाे फेसबुकबाट
सम्बन्धित
तपाईको प्रतिक्रिया