विश्वभर कोरोनाले ३ लाख ८० हजारको मृत्यु

समाधान संवाददाता २०७७ जेठ २१ गते ६:५३

पाेखरा

कोरोना संक्रमणपछि विश्वभर ३ लाख ७९ हजार ७ सय ९ जनाको मृत्यु भएकाे ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी १ लाख ६ हजार १ सय ८० जनाको मृत्यु भएकाे छ।

Advertisement

बेलायतमा ३९ हजार ४ सय ५२, इटालीमा ३३ हजार ५ सय ३०, ब्राजिलमा ३१ हजार १ सय ९९ जनाको मृत्यु भएकाे छ।

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६३ लाख ७२ हजार ४ सय ४७ पुगेको छ। अमेरिकामा सर्वाधिक १८ लाख ३१ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

त्यस्तै, ब्राजिलमा ५ लाख ५५ हजार ३ सय ८३, रुसमा ४ लाख २३ हजार १ सय ८६, बेलायतमा २ लाख ७९ हजार ३ सय ९२, स्पेनमा २ लाख ३९ हजार ९ सय ३२ तथा इटालीमा २ लाख ३३ हजार ५ सय १५ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर २७ लाख २५ हजार ५ सय ४१ जना संक्रमणमुक्त भइसकेका छन्। अमेरिकामा ४लाख ६३ हजार ८ सय ६८, ब्राजिलमा २ लाख २३ हजार ६ सय ३८, रुसमा १ लाख ८६ हजार ६ सय २, जर्मनीमा १ लाख ६६ हजार ६ सय ९ जना संक्रमणमुक्त भइसकेका छन्।

विश्वभर २ सय १३ देश वा क्षेत्र र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा संक्रमण देखिइसकेको छ।

तपाईको प्रतिक्रिया