आरडिटी पोजेटिभ देखिएका मुस्ताङका ६ जनाको पिसिआर नेगेटिभ

समाधान संवाददाता २०७७ जेठ २१ गते १६:११

एसके थकाली, जोमसोम

आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ देखिएका मुस्ताङका ८ मध्ये ६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । ८ जनाको स्वाब संकलन गरिएकोमा ६ जनाको रिपोर्ट नेगेटिभ आएको र २ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

रिपोर्ट आउन बाँकी २ जना महिला स्वास्थ्यकर्मी हुन् । थासाङ-४ को घासा कोरोना क्लिनिक र जोमसोम अस्पतालमा गरिएको आरडिटी परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएपछि पिसिआर परीक्षणका लागि नमूना पोखरा पठाइएको थियो ।

Advertisement

मुस्ताङमा निर्माण सामाग्री, खाद्यान्न र सडकको उपकरण चलाउन चालक ,सहचालक लगायतको सीमानाकामा आरडिटि परीक्षण गर्दा उनीको रिपोर्ट पोजेटिभ आएको थियो ।

आरडिटी पोजेटिभ देखिएका ८ जनाको नमूना स्वाब २ दिन अघि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाईएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएका सबै ट्राभल स्टोरी संक्रमित जिल्लाबाट आएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया