कांग्रेस सांसद प्रकाश पन्थले दर्ता गरे गैरसरकारी विधेयक

समाधान संवाददाता २०७७ जेठ २३ गते ६:२७

पाेखरा

राष्ट्रिय सभामा कांग्रेस सांसद प्रकाश पन्थले पनि गैरसरकारी विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएका छन् ।

नेपालको संविधानको धारा ११० ले दिएको अधिकार र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९४ बमोजिम सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न संघीय संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएको उनले जानकारी दिए ।

Advertisement

सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम विभिन्न वर्गहरूले सामाजिक सुरक्षा भत्ता पाइरहेको वर्तमान अवस्थामा ६० वर्षमुनिका एकल महिला (विधवा) र अतिअशक्त अपांगता भएका व्यक्तिले भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट उक्त सामाजिक सुरक्षा भत्ता विगतका वर्षहरूदेखि नै प्राप्त गरिरहेको सन्दर्भमा ऐनमा नै सोसम्बन्धी व्यवस्था गर्नु आवश्यक भएकाले सामाजिक सुरक्षा ऐन, २०७५ मा पहिलो संशोधन गर्न बनेको विधेयक दर्ता गराएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया