आज थप २७८ जनामा कोरोना, संक्रमित २९१२ पुगे

समाधान संवाददाता २०७७ जेठ २३ गते १६:३३

समाधान संवाददाता

नेपालमा आज थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विभिन्न जिल्लामा थप २ सय ७८ जनामा कोरोना देखिएको जानकारी दिएका हुन् । आज भेटिएका संक्रमितमध्ये २ सय ६७ जना पुरुष र ११ जना महिला रहेको उनले जनाए ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । तीमध्ये हालसम्म ३३३ जना उपचारपछि निको भएका छन्।

गण्डकी प्रदेशमा भने अहिलेसम्म ५६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ३ जना निको भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया