प्रदेश स्वास्थ्यले भन्याे खाेजपड्ताल सुरु भइसक्याे

समाधान संवाददाता २०७७ जेठ २३ गते २१:४८

पाेखरा

३ दिनअघि पाेखराबाट काठमाडाैं पुगेका काेराेना संक्रमितकाे सम्पर्कमा आएका व्यक्तिकाे खाेजपड्ताल सुरु भइसकेकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

बिहीबार साँझ विज्ञप्ति जारी गरेर निर्देशनालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साँझ ४:१५ बजेको प्रेस वक्तब्यमा काठमाडौंमा उपचाररत कास्की जिल्ला, पोखरा महानगरपालिका ८ का वर्ष ६० भनिएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको सूचना प्राप्त भए पश्चात नै केस अनुसन्धान तथा खोजपडतालसहित अन्य प्रक्रिया सुरु भैसकेको जनाएकाे हाे ।

तपाईको प्रतिक्रिया