कोरोनाबाट थप १ जनाको मृत्यु, संख्या १२ पुग्यो
समाधान संवाददाता
२०७७ जेठ २४ गते १४:५०

समाधान संवाददाता
डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको पनि मृत्युपछि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती पुरुषको क्वारेन्टिन मै मृत्यु भएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ भएको छ।
सुर्खेतमा बस्दै आएका ती पुरुष गत जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए र घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते मृत्यु भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया