पोखराका कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएका ५३ जनाको स्वाब संकलन सुरु

समाधान संवाददाता २०७७ जेठ २५ गते १३:४८

समाधान संवाददाता

पोखराका पहिलो कोरोना संक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका ५३ जनाको स्वाब संकलन थालिएको छ ।

काठमाडौंको निजी अस्पतालमा उपचाररत ती पुरुषको सम्पर्कमा आएका औषधि पसले, अस्पतालमा भेट्न पुगेका लगायतको स्वाब संकलन थालिएको पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए ।

Advertisement

‘१२ बजेबाट स्वाब संकलन सुरु गरेका छौं । सम्पर्कमा आउनुभएका ५३ जनाको स्वाब संकलन हुँदैछ,’ उनले समाधानसँग भने ।

ती संक्रमित गत मंगलबार पोखराको आलुमाइला चोकस्थित डेरामा बेहोस भेटिएका थिए । तत्काल गण्डकी मेडिकल कलेजमा उपचारका लागि पु¥याइएकोमा थप उपचार गर्न सोही दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।

Advertisement

काठमाडौं पुगेपछि स्वाब संकलन गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको थियो । कास्कीमा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भएको छ । ३ संक्रमितमध्ये २ जना रुपा गाउँपालिका र १ जना पोखरा २७ का पुरुष हुन् ।

तीनै जना संक्रमित भारतबाट नेपाल आएका हुन् । काठमाडौंमा उपचाररत पुरुषबाहेक ३ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

कसरी संक्रमित भए कास्कीका ६० वर्षे पुरुष, पत्ता लगाउनै मुस्किल !

पोखराका संक्रमित पुरुषको सम्पर्कमा आएका ३५ जना सम्पर्कमा, अधिकांश हाइप्रोफाइल

संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तीसंगै थिए प्रदेशमन्त्री विकास लम्साल

तपाईको प्रतिक्रिया