पोखराका कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएका ५३ जनाको स्वाब संकलन सुरु

समाधान संवाददाता
पोखराका पहिलो कोरोना संक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका ५३ जनाको स्वाब संकलन थालिएको छ ।
काठमाडौंको निजी अस्पतालमा उपचाररत ती पुरुषको सम्पर्कमा आएका औषधि पसले, अस्पतालमा भेट्न पुगेका लगायतको स्वाब संकलन थालिएको पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए ।
‘१२ बजेबाट स्वाब संकलन सुरु गरेका छौं । सम्पर्कमा आउनुभएका ५३ जनाको स्वाब संकलन हुँदैछ,’ उनले समाधानसँग भने ।
ती संक्रमित गत मंगलबार पोखराको आलुमाइला चोकस्थित डेरामा बेहोस भेटिएका थिए । तत्काल गण्डकी मेडिकल कलेजमा उपचारका लागि पु¥याइएकोमा थप उपचार गर्न सोही दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।
काठमाडौं पुगेपछि स्वाब संकलन गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको थियो । कास्कीमा अहिलेसम्म ४ जनामा कोरोना पुष्टि भएको छ । ३ संक्रमितमध्ये २ जना रुपा गाउँपालिका र १ जना पोखरा २७ का पुरुष हुन् ।
तीनै जना संक्रमित भारतबाट नेपाल आएका हुन् । काठमाडौंमा उपचाररत पुरुषबाहेक ३ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
कसरी संक्रमित भए कास्कीका ६० वर्षे पुरुष, पत्ता लगाउनै मुस्किल !
पोखराका संक्रमित पुरुषको सम्पर्कमा आएका ३५ जना सम्पर्कमा, अधिकांश हाइप्रोफाइल
संक्रमितसंग सम्पर्कमा रहेका व्यक्तीसंगै थिए प्रदेशमन्त्री विकास लम्साल









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया