कन्ट्याक्ट ट्रेसिङका लागि गोरखाको च्याङ्ली पुग्यो स्वास्थ्य टोली

समाधान संवाददाता
एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कन्ट्याक्ट ट्रेसिङका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको टोली पोखराबाट गोरखा पुगेको छ । आइतबार बिहान गोरखामा १० संक्रमित भेटिएको निर्देशनालयले पुष्टि गरेको थियो ।
संक्रमणको स्रोत पत्ता लगाउन निर्देशनालयले १ स्वास्थ्य टोली आइतबार दिउँसो नै त्यसतर्फ पठाइसकेको थियो । टोलीले पालुङटार च्याङ्लीमा कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेको निर्देशनालयको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।
संक्रमितमध्य ९ जना गण्डकी गाउँपालिकाका छन् । उनीहरु २० देखि ४० वर्ष उमेरसमूहका सबै पुरुष हुन् । १ जना पालुङटार ७ का हुन् । पालुङटारका ति युवक गोखरा प्रहरी कार्यालयको हिरासतमा छन् ।
जबरजस्तीकरणी मुद्दामा १० दिनअघि पक्राउ परेका उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने गोरखा प्रहरीले जनाएको छ ।
उनको सम्पर्कमा आएका प्रहरी कर्मचारीलाई सेल्फ क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको गोरखा प्रहरीका डिएसपी वासुदेव खतिवडाले जानकारी दिए ।
गण्डकीमा ९ जिल्लामा ११४ जनामा संक्रमण देखिएको छ । आइतबार दिउँसाे थप १ जनामा पुष्टि भएकाे थियाे ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा वालिङका ६० वर्षीय पुरुषमा आइतबार दिउँसो कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले बताए ।
उनी अस्पतालको प्रि आइसोलेसनमा उपचाररत थिए । प्रदेशमा हालसम्म ३ जना निको भएर घर फर्किएका छन् ।
अस्पतालको प्रि आइसोलेसनमा उपचाररत थिए । प्रदेशमा हालसम्म ३ जना निको भएर घर फर्किएका छन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया