चितवनका प्रजिअसहित कर्मचारी सङ्क्रमणको जोखिममा

समाधान संवाददाता २०७७ जेठ २७ गते १९:५७

रासस

जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमतिपत्र लिएर काठमाडौँ गएका चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरु सङ्क्रमणको जोखिममा परेका छन् ।

यससँगै प्रशासनमा आज हुने भनिएको एक बैठक स्थगन गरिएको छ भने अत्यावश्यक बाहेकका काम रोकिएको छ । जिप्रकाका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार ती चिकित्सकले यही जेठ २३ गते प्रशासनमा आफँै पुगेर अनुमतिपत्र लिएका थिए ।

Advertisement

सो क्रममा प्रत्यक्ष रुपमा सहायक प्रजिअ, टाइपिस्ट, स्थानीय प्रशासनका कर्मचारी र हस्ताक्षर गर्ने अधिकृतसँग उनको भेट भएको थियो । यससँगै ती कर्मचारीसँग प्रशासनका प्रजिअसहितका सबै कर्मचारीसँग प्रत्यक्ष काम हुने भएकाले सबै जोखिममा देखिएको सिम्खडाले बताउनुभयो ।

यससँगै आज बिहान ११ वजे राखिएको कोरोना प्रतिकार्य केन्द्रित विपद्को बैठक स्थगन गरिएको छ । यस्तै मृत्यु संस्कारण र विदेश जानेका लागि अनुमतिपत्र दिनेबाहेकको सेवाग्राहीको काम आज रोकिएको उहाँले जानकारी दिनुभयो ।

Advertisement

सहायक प्रजिअ नेत्र शर्माका अनुसार ती चिकित्सकलाई जेठ २० र २१ गते फर्काइएकामा २३ गते भने अनुमतिपत्र दिइएको थियो । सोही दिन उनले भरतपुर अस्पतालमा स्वाब तानेर काठमाडौँ गएका थिए । सोमबार स्वाबका नतिजा पोजेटिभ आएको थियो ।

तपाईको प्रतिक्रिया