रोग प्रतिरोधात्मक औषधी वितरण

समाधान संवाददाता २०७७ जेठ २८ गते १४:५०

पाेखरा

मारवाडी युवा मञ्चले रोग प्रतिरोधात्मक मानिने औषधी वितरण गरेको छ । नेपाल सरकार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा सिफारिस गरिएको होमियोप्याथिक औषधी पोखरा महानगरका विभिन्न स्थानमा प्रदान गरिएको मञ्चका अध्यक्ष सन्तोषकुमार अग्रवालले जानकारी दिए ।

पोखरा –९ का टोल सुधार समितिका अध्यक्ष भीमबहादुर कुँवरको समन्वयमा वडाका जनप्रतिनिधिको सहयोगमा वडाका विभिन्न टोलका लक्षित समुदायलाई रोग प्रतिरोधात्मक भनिएको सो औषधी वितरण गरिएको हो ।

“रोगप्रतिरोधात्मक क्षमता कम हुँदा सरुवाजन्य रोगको सङ्क्रमण बढ्न जान्छ, यो आयुर्वेद विभागद्वारा सिफारिस गरिएको रोग प्रतिरोधात्मक औषधी भएकाले देशका विभिन्न स्थानहरुमा वितरण गरेका हौँ ” अग्रवालले भने । मञ्चका सचिव मनोजकुमार मोरका अनुसार होमियोप्याथिक आर्सेनिकम एल्बम ३० सी नामक उक्त औषधी मारवाडी सेवा समितिमार्फत देशका विभिन्न स्थानमा निःशुल्क वितरण भइरहेको छ ।

Advertisement

रोगप्रतिरोधात्मक क्षमता भएको भनिएको सो औषधी पर्याप्त जानकारीसहित वितरण गरिएको छ । सो औषधी दुई गोली बिहान खाली पेटमा तीन दिनसम्म र त्यसपछि दुईदुई गोली सातामा एक पटक तीन सातासम्म खानुपर्ने बताइएको छ ।

मोरले होमियोपेथिक चिकित्सकको निगरानीमा प्याकिङ गरेर देशका ५० जिल्लाका १७ देखि २० लाख जनासम्मलाई औषधी वितरण भइसकेको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया