गण्डकीमा ४ जना थपिए, देशभर २७० नयाँ संक्रमित
समाधान संवाददाता
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ५१ पुगेको छ । गोरखामा ४ जना संक्रमित थपिएसँगै संत्रमितको संख्या १ सय ५१ पुगेको हो ।
गण्डकीमा बुधबारसम्म १ सय ४७ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले आजको कोभिड लाइभ अपडेटमा संक्रमितको संख्या १ सय ५१ पुगेको जानकारी दिएका हुन् ।
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नै गोरखामा संक्रमित थपिएको पुष्टि गरे पनि प्रदेश स्वास्थ्य निर्देशनालयले आज अपडेट गरेको हो ।
गण्डकी प्रदेशका संक्रमितमध्ये ११ जना घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।
देशभर बिहिबार मात्र २ सय ५० जना नयाँ संक्रमित थपिएका छन् । आज थपिएका २५० सहित नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
तपाईको प्रतिक्रिया