कोरोना लागि ६० करोड ४० लाख

समाधान संवाददाता २०७७ असार १ गते १६:२८

समाधान संवादाता

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसबाट लाग्ने रोग कोभिड १९ को नियन्त्रण तथा उपचारका लागि ६० करोड ४० लाख रुपैया बिनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले गण्डकी प्रदेश सभाका आर्थिक बर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनले यो बजेट कोरोना महामारीको विरुद्धको लडाईमा खर्च गरिने बताएका छन् ।

सबै जिल्ला अस्पतालहरुमा आइसोलेशन वार्ड थप्ने, सबै जिल्ला अस्पतालमा आइसियु कक्ष सञ्चालन गर्ने तथा अस्पतालहरुको भौतिक पूवार्धार विकास गर्नका लागि यो रकम खर्च हुने अर्थमन्त्री गुरुङले बताएका छन्

तपाईको प्रतिक्रिया