थप ३८० जनामा कोरोना, संक्रमितको संख्या ६५९१ पुग्यो

समाधान संवाददाता २०७७ असार २ गते १६:४६

समाधान संवाददाता

नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले जानकारी दिए ।

Advertisement

गौतमका अनुसार आज थपिएका ३८० सहित नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ।

Advertisement

नेपालमा कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ। हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।

तपाईको प्रतिक्रिया