मुस्ताङका संक्रमित ८३ वर्षे पुरुष

समाधान संवाददाता २०७७ असार ६ गते २०:०१

एसके थकाली, मुस्ताङ

मुस्ताङमा शनिबार साँझ काेराेना पुष्टि भएका व्यक्ति ८३ वर्षे पुरुष रहेकाे खुलेकाे छ ।

उनी जेठ ३१ गते काठमाडाै‌ंकाे बाैद्धबाट २० जनाकाे समूहमा आएका थिए ।

उनी घरपझाेङ १ छैराेस्थित तिब्बती शरणार्थी क्याम्पका बासिन्दा रहेकाे जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएकाे छ ।

मुस्ताङ प्रवेश गरेलगत्तै उनकाे आर‍डिटी परीक्षण गर्दा पाेजेटिभ आएपछि स्वाब लिएर पिसिआरका लागि पाेखरा पठाइएकाे थियाे ।

संक्रमित वृद्धलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ 

याेसँगै अब गण्डकीका ११ वटै जिल्लामा काेराेना संक्रमित भेटिएका छन् ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ ।

याे पनि मुस्ताङमा पनि भेटिए काेराेना संक्रमित

तपाईको प्रतिक्रिया