पोखरा १४ का पुरुषमा कोरोना, उनी संक्रमितको सम्पर्कमा थिए

समाधान संवाददाता २०७७ असार ७ गते १५:०२

समाधान संवाददाता

आइतबार दिउँसो कोरोना पुष्टि भएका पोखराका ४० वर्षे पुरुष वडा नम्बर १४ भेडिफार्मको रहेको खुलेको छ । संक्रमितको सम्पर्कमा आएका उनको पिसिआर गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

पोखरा महानगरपालिका स्रोतका अनुसार आज संक्रमण पुष्टि भएका पुरुष २ असारमा कोरोना पुष्टि भएका पोखरा–१४ का ९० वर्षे वृद्धका छोरा हुन् । कन्ट्याक ट्रेसिङमा परेपछि महानगरकै क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोना पुष्टि भएको हो ।

Advertisement

उपचारका लागि अस्पताल पुगेका वृद्धमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कका ६५ जनाको स्वाब लिइएको थियो । त्यसमा ५३ जना पश्चिमाञ्चल सामुदायिक अस्पतालका कर्मचारी र १२ जना परिवारका सदस्य थिए । अस्पतालका कर्मचारीको भने कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।

आज दिउँसो कास्कीमा २ जनामा कोरोना पुष्टि भएको छ । पोखराका ४० वर्षे पुरुषबाहेक अर्का संक्रमित मादी गाउँपालिकाका १९ वर्षे युवा हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया